उद्देश्य

  • व्यवसायिक एवं दिगो कृषि तथा कृषि व्यवसायको विकासका लागि कृषि व्यवसायमा संलग्न रहेका र हुन चाहने कृषक, कृषि उद्यमी, कृषि प्राविधिक तथा कृषि मूल्य श्रृंखलामा आवद्ध अन्य सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्न तालिम आवश्यकता पहिचान गर्ने, पहिचान भएका विषयहरुमा आवश्यकता अनुसार तालिम सञ्चालन गर्ने र सञ्चालित तालिम कार्यक्रमहरुको प्रभावकारिता अध्ययन गर्ने ।
  • प्रदेशस्तरमा विभिन्न सरकारी, अर्ध सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रबाट सञ्चालन गरिने तालिम तथा अन्य क्षमता विकासका क्रियाकलापहरुलाई समयानुकुल, एकरुपता र प्रभावकारी बनाउने सन्दर्भमा समन्वय गर्ने र विज्ञ परामर्श सेवा प्रदान गर्ने ।
  • कृषि व्यवसायहरुको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यमा इच्छुक कृषि व्यवसायीहरुलाई व्यवसाय स्थापना, सञ्चालन, विकास र विस्तारका लागी चाहिने प्राविधिक तथा अन्य आवश्यक सेवा प्राप्त गर्ने कार्यमा सहजीकरण गर्ने ।
  • कृषि व्यवसाय प्रवद्र्धनका लागी व्यवसाय प्रवद्र्धनमूखी कार्यक्रमहरुको आयोजना गरी सरोकारवालाहरु बीच सम्बन्ध स्थापित गराइदिने र मुल्य श्रृंखलामा आधारित व्यवसायको विकास र विस्तारका लागी सहकार्यको वातावरण सिर्जना गर्ने ।