बागमती प्रदेशमा नेपालका १३ जिल्लाहरु पर्दछन् । ती जिल्लाहरु धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र चितवन हुन् । यस प्रदेशका १३ जिल्लाहरुमा ३ वटा महानगरपालिका (काठमाण्डौं, ललितपुर र भरतपुर), १ वटा उपमहानगरपालिका (हेटौंडा), ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी जम्मा ११९ वटा स्थानीय तहहरु रहेका छन् । यस केन्द्रले बागमती प्रदेश भित्रका यीनै १३ वटा जिल्लामा रहेका कृषक, उद्यमी तथा कृषि प्राविधिक तथा अन्य सरोकारवालाहरुलाई मुख्य सेवाग्राहीहरुको रुपमा लिई आफ्ना कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्दै आइरहेको छ । यस केन्द्रको कार्यक्षेत्र अन्तर्गत पर्ने जिल्लाहरुको नक्सा तल प्रस्तुत गरिएको छ ।
