Skip to content
- प्रदेशस्तरमा कृषि उद्यमी तथा व्यवसायीहरुको रोष्टर तयार तथा अद्यावधिक गर्ने ।
- कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि तालिम आवश्यकता पहिचान गर्ने र आवश्यक पूर्वाधार तथा सुविधाको पहिचान गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।
- प्रदेशस्तरमा कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि गर्न तथा वृत्ति विकासमा सहयोग पुर्याउने कार्यक्रमहरु सञ्चालन गर्ने ।
- कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवसायिक योजना तयारीमा सहयोग गर्ने ।
- कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा आवश्यक सेवा सुविधा प्राप्तिका लागि सम्बन्धीत निकायहरुसंग सम्बन्ध स्थापित गराइदिने ।
- विभिन्न कृषि उद्यम तथा व्यवसाय सञ्चालनका लागि आधारभुत जानकारीहरु प्रदान गर्ने ।
- कृषि उद्यम तथा व्यवसाय प्रवद्र्धनसंग सम्बन्धीत निकायहरु बीच समन्वय कायम गर्ने ।
- विदेशबाट फर्केका कृषि व्यवसाय तथा उद्यम गर्न चाहने युवा कृषकहरुलाई उद्यम तथा व्यवसाय सञ्चालनमा आवश्यक सहजीकरण गर्ने ।
- तोकिएको शुल्क लिई अन्य निकायबाट माग भई आए बमोजिम कृषि उद्यम तथा व्यवसाय सञ्चालन एवं प्रवद्र्धन सम्बन्धी तालिमहरु सञ्चालनको व्यवस्था गर्ने तथा तालिम पश्चात तालिमको प्रभावकारिता अध्ययन गर्न अनुगमन गर्ने ।
- कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्न तालिम आवश्यकता पहिचान गरी सो अनुरुप तालिम कार्यक्रम सञ्चालन गर्ने।
- कृषि ज्ञान केन्द्रहरुबाट सञ्चालन हुने तालिमको लागि पाठ्यक्रम तयारी गर्न सहयोग गर्ने।
- कृषि व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने अन्य कार्यक्रम सञ्चालन गर्ने ।