लक्ष्य

  • उपलब्ध आधुनिक तथा उन्नत कृषि प्रविधिहरुको प्रयोग मार्फत कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा उत्पादित उपजहरुको गुणस्तरमा वृद्धि गरी उच्च प्रतिफलयुक्त कृषि व्यवसायहरुको विकास गर्न आवश्यक सीप तथा क्षमता विकास गर्ने ।
  • प्रदेशमा उपलब्ध श्रोत साधन, पूँजी, मानव संसाधन तथा उद्यमशीलताको समुचित उपयोग तथा संयोजन गर्ने वातावरण तयार गरी कृषि व्यवसायको विकास मार्फत प्रदेशको समग्र सामाजिक, आर्थिक क्षेत्रको विकास गर्ने ।